युद्धविरामपछि सेनाले दक्षिणी क्षेत्र सुदृढ गर्नेछ– लेबनानका प्रधानमन्त्री

काठमाडौँ - लेबनानका प्रधानमन्त्री नजिब मिकाटीले बुधबार लागू भएको युद्धविरामको सम्मान गर्दै र इजरायललाई पछि हट्न आग्रह गर्दै देशको दक्षिणी क्षेत्रमा सेनालाई सुदृढ गराउने बताएका छन् ।
इजरायल र लेबनानको हिजबुल्लाह बीचको १३ महिनाको द्वन्द्व रोक्ने सम्झौता मुख्य रूपमा संयुक्त राष्ट्रसंघको १७०१ नं. प्रस्तावको कार्यान्वयनमा आधारित छ । यसले तिनीहरूको पछिल्लो युद्धलाई सन् २००६ मा अन्त्य गरेको थियो ।
सम्झौताले लेबनानी सेना र संयुक्त राष्ट्रसङ्घका शान्ति सेनाहरू मात्र दक्षिणी क्षेत्रमा हुनुपर्ने र हिजबुल्लाहको नियन्त्रण रहेको यस क्षेत्रबाट इजरायली सेनाले पछि हट्नुपर्ने व्यवस्था गरेको छ ।
मिकातीले युद्धविरामपछिको पहिलो बैठकमा ‘दक्षिणी लितानी क्षेत्रमा सेना र सुरक्षा बलको परिनियोजन सुदृढ गर्ने’ निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।
“इजरायली शत्रुले युद्धविराम सम्झौताको पालना गरोस् र लेबनानी भूमिबाट पछि हट्नुपर्छ भन्ने म माग गर्दछु”, उनले भने, “मलाई आशा छ कि यो लेबनानका लागि नयाँ पृष्ठ हुनेछ, मलाई आशा छ कि आगामी दिनहरूले राष्ट्रपति चुनावको नेतृत्व गर्नेछ ।”
हिजबुल्लाह र यसका राजनीतिक विरोधीहरू बीचको झगडाले लेबनानलाई दुई वर्षभन्दा बढी समयदेखि राष्ट्रपतिविहीन बनाइराखेको छ।
यसअघि लेबनानका शक्तिशाली संसद् अध्यक्ष नबिह बेरीले युद्धविरामको समयमा विस्थापित व्यक्तिहरूलाई घर फर्कन आह्वान गर्दै देशलाई एकता दिन सक्ने राष्ट्रपतिको छिटो निर्वाचनको लागि पनि आह्वान गरे ।
“म तपाईँहरूलाई आफ्नो घर फर्कन आमन्त्रित गर्दछु... आफ्नो भूमिमा फर्कनुहोस्”, लेबनान र इजरायली सेनाहरूको विपरीत चेतावनीको बाबजुद बेरीले भने ।
बेरी अमाल आन्दोलनका प्रमुख हुनुहुन्छ र उहाँले आफ्नो सहयोगी हिजबुल्लाहका तर्फबाट युद्धविराम वार्तामा नेतृत्व गरेका गरेका छन् ।
गाजा युद्धलाई लिएर हिजबुल्लाहले सुरु गरेको सीमापार सीमित गोलीबारीको लगभग एक वर्षपछि, इजरायलले सेप्टेम्बर २३ मा लेबनानमा आफ्नो हवाई बमबारी बढाएको थियो र मुख्यतया हिजबुल्लाहको गढहरूमा आक्रमण गरेको थियो ।
त्यसपछि उसले दक्षिणी सीमापार गरेर स्थल सेना पठायो ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया