मानव तस्करी प्रकरणमा कोशीका पूर्वमन्त्रीलाई उन्मुक्ति दिएकोप्रति माओवादीको आपत्ति

काठमाडौँ - नेकपा माओवादी केन्द्रले मानव तस्करी प्रकरणमा कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले अहिलेको सरकारले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका अधिकारीलाई उन्मुक्ति दिने काम भएको गरेको भन्दै आपत्ति जनाएको हो ।
बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले मानव तस्करी प्रकरणमा अधिकारीलाई उन्मुक्ति दिने र अन्यलाई मुद्दा चलाउने काम घोर आपति जनक रहेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।
वर्तमान सरकारले पहिलेदेखि नै भ्रष्टाचारीको संरक्षण गर्दै आएको र अहिले अधिकारीलाई उन्मुक्ति दिने कामले त्यसलाई पुष्टि गरेको उनले बताए ।
उनले उपनिर्वाचनपछि सरकारविरुद्ध कडा ढंगले खबरदारी गर्ने जानकारी दिए । बैठकले पार्टीका सम्मेलनको कार्यविधि तयार गरेको जानकारी दिदैं सापकोटाले पालिका सम्मेलन र खबरदारी सभा सबै स्थानीय तहमा एकैसाथ गर्ने निर्णय भएको पनि जानकारी दिए ।
त्यस्तै पदाधिकारी बैठकले निर्वाचन आयोगमा पेश गर्ने विधानलाई अन्तिम रुप दिएको छ ।
यसअघि माओवादी केन्द्रले विधानबारे प्रतिवेदन बनाउन र पार्टीको स्थानीय तहको सम्मेलनको कार्यविधि बनाउन छुट्टा छुट्टै कार्यदल गठन गरेको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया