युद्ध विराम पछि बेरुतका विस्थापित बासिन्दा घर फर्के

काठमाडौँ - युद्धविराम लागू भए पछि द्वन्द्वका कारण क्षति भएको बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् । लामो समय पछि भएको युद्ध विराम कार्यान्वयनका लागि धेरैले हिजबुल्लाहको प्रशंसा गर्दै “विजय“ उत्सव समेत मनाएका छन् ।
पछिल्लो समयमा इजरायलले दिनहुँ जसो आक्रमण गर्दा धेरै हदसम्म खाली भएको उक्त आवासीय क्षेत्रमा विस्थापितहरू एकै चोटी फर्किदा भीडभाड भई ट्राफिक जामसमेत भएको एएफपीले जनाइएको छ ।
विस्थापितहरू आफ्नो क्षतिग्रस्त घर र व्यवसाय देखेर आँसु बगाउँदै उत्खननकर्ताहरूको सहयोगमा भग्नावशेष हटाउनका लागि पर्खिरहेका थिए ।
बुधबार देखि युद्धविराम लागु भएपछि इरान समर्थित समूहले दक्षिण बेरुत र पूर्वी लेबनानको गढहरूमा भ्रमणको आयोजना गरिरहेको थियो ।
गाजा युद्धलाई लिएर हिजबुल्लाहले सुरु गरेको सीमापार हमलाको लगभग एक वर्षपछि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढहरू लक्षित आक्रमण बढाई दक्षिणी सीमा पार सेना तैनाथ गरेको थियो ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया