प्रचण्डको अपिल : सुशासनका लागि उपनिर्वाचनमा माओवादीलाई भोट हाल्नुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन अपिल गरेका छन्।
सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गर्दै प्रचण्डले सुशासनका निम्ति स्थानीय तहको उपनिर्वाचनमा गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्न अपिल गरेका हुन्।
‘यो उपनिर्वाचनले यथार्थमा भोलिको आम निर्वाचनका लागि नयाँ सन्देश दिने छ। साँच्चै नेपाली जनता सुशासनको पक्षमा रहेको, भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने एउटा अवसर पनि हो।’ प्रचण्डले भने, ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा व्याप्त बेथिति बिसंगतीविरुद्ध एउटा नयाँ परिस्थिति सिर्जनाका लागि हामीलाई मतदान गर्नुहोस्। सुशासनको पक्षमा र सबैखाले बेथिति विरुद्ध एउटा नयाँ अभियान सुरु गरौं।’
उनले आफू प्रधानमन्त्री हुँदा सुशासन र न्यायको पक्षमा, भ्रष्टाचार र सबैखाले विभेदको विपक्षमा काम गर्नुका साथै देशलाई आर्थिक संकटबाट माथि उठाउने काम गरेको जिकिर गरे। मुलुकका ४४ स्थानीय तहमा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया