'पुष्पा- २' का कलाकारमाथि शारीरिक र आर्थिक शोषण आरोप

हैदाराबाद- अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ बाट चर्चामा आएका टलिउड अभिनेता श्रीतेजमाथि एक महिलाले विवाहको बहानामा शारीरिक तथा आर्थिक शोषण गरेको आरोप लगाएकी छन् ।
ती पीडित महिलाको उजुरीको आधारमा हैदरावादको कुकटपल्ली पुलिस स्टेशनमा अभिनेता विरुद्ध मुद्दा दर्ता गरिएको छ। साथै यस विषयमा अनुसन्धान भइरहेको छ ।
इन्डिया टुडेका अनुसार ती महिलाले नोभेम्बर २५ मा हैदराबादको कुकटपल्ली पुलिस स्टेशनमा उजुरी दिएकी थिइन् । अर्चना नामकी महिलासँग पहिलेदेखि नै श्रेतेजले सम्बन्ध राख्न दबाब दिएको महिलाले बताइन् ।
यति मात्र होइन, अभिनेताले झुटो बोलेर २० लाख रुपैयाँ पनि लिएको पीडितले बताइन् । उनलाई मानसिक र आर्थिक रुपमा समेत दुव्र्यवहार गरिएको थियो ।
पीडितले गत अप्रिलमा पनि श्रीतेजविरुद्ध उजुरी दिएकी थिइन् । तर त्यसबेला अभिनेताका परिवारले सबै समस्या छिट्टै समाधान हुने आश्वासन दिएकाले उनले आफ्नो गुनासो फिर्ता लिएका थिए ।

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

प्रतिक्रिया