बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा
काठमाडौँ : इटाली युरो २०२० फुटबलको सेमीफाइनलमा पुगेको छ । शुक्रबार राती भएको दोस्रो क्वार्टरफाइनलमा बेल्जियमलाई २-१ गोलले हराउँदै इटाली सेमीफाइनलमा पुगेको हो ।
इटालीलाई जिताउन निकोला बेरेल्ला र लोरेन्जो इनसिनिआईले गोल गरे । बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरे । तीन वटै गोल पहिलो हाफमा भएका थिए । दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि इटाली विजयी भएको हो ।
यसअघि समूह चरणमा राम्रो खेलेर, साविक विजेता पोर्चुगललाई हराएर क्वार्टरफाइनलमा पुगेको बेल्जियम प्रतियोगिताबाट बाहिरिएपछि उसका खेलाडी स्तब्ध बनेका छन् । शुक्रबार राती नै स्वीट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन सेमीफाइनल पुगेको थियो ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया