एनपीएल : कर्णाली याक्समा अनुबन्ध वेष्ट इन्डिजका वाल्टन आइपुगे काठमाडौँ

काठमाडौँ- कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगेका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) का लागि कर्णाली याक्सवाट खेल्नका लागि वाल्टन मंगलबार काठमाडौँ आइपुगेका हुन् ।
कर्णाली याक्सका अनुसार विमानस्थलमा वाल्टनलाई मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।
सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हो ।
त्यस्तै, टोलीले वेस्ट इन्डिजबाट वाल्टन र भारतका धवनका अलावा हङकङका खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिशन मक्सूदलाई अनुबन्ध गरिसकेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया