मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

गलकोट (बागलुङ)- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ ।
“दश किलोमिटरमा सिङ्गल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ”, निर्माण व्यवसायी राजु गौतमले भने । लोकमार्गअन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा चार वर्ष अघिनै कालोपत्र भएको हो ।
यसैगरी, बिहँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ । हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताए ।

किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण
_lIRBKTvhKN_xidrqek8crpz0iwt1hmfvltxeimzlkq7h9o201umyzks29wlrakal8xoz4oa_N8QGZop7In_lfiyczv0bd7qr59hll1wiilgfn3spe5cbwzou2y4jsatsabzxft3415jji6t.jpg)
नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

किसानलाई २२ प्रजातिका बिरुवा वितरण

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

प्रतिक्रिया