शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

बेल्जियम र इटालीबीचको खेल सुरु

काठमाडौँ : युरो २०२० फुटबलको दोस्रो क्‍वार्टरफाइनल अन्तर्गत बेल्जियम र इटालीबीचको खेल सुरु भएको छ । जर्मनीको एलिनाज एरेना रंगशालामा केहीबेर अघिदेखि खेल सुरु भएको हो ।

बेल्जियम साविक विजेता पोर्चुगललाई हराउँदै क्‍वार्टरफाइनल पुगेको टिम हो । यस्तै इटाली भने अष्ट्रियालाई हराउँदै अन्तिम आठमा पुगेको टोली हो । बेल्जियम र इटाली दुवै उपाधि दाबेदार मानिएका टिम हुन् ।

यो खेललाई सिरी ए खेलाडी रोमेलु लुकाकु र जर्जियो केलिनीबीचको भिडन्तका रूपमा पनि हेरिएको छ । लुकाकु इन्टरमिलानका स्ट्राइकर हुन् भने केलिनी युभेन्ट्सका डिफेन्डर हुन् । लुकाकुले गत सिजन इन्टरमिलानलाई ११ वर्षपछि सिरी ए च्याम्पियन बनाएका थिए ।