रूसले रातारात १८८ ड्रोन प्रक्षेपण गरेको युक्रेनको भनाइ

काठमाडौँ - रूसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको युक्रेनी सेनाले मङ्गलबार जनाएको छ । ड्रोन हमलाले युक्रेनी भवनहरू तथा “महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको सेनाले जनाएको छ ।
पछिल्लो समयमा मस्को र किभले ड्रोन र मिसाइल प्रक्षेपण विस्तार गर्दै आएका छन्, युक्रेनले भर्खरै रूसमा अमेरिकी लामो दूरीका मिसाइलहरू प्रहार गरेको छ भने क्रेमलिनले प्रयोगात्मक हाइपरसोनिक मिसाइलले यसको जबाफ दिएको छ ।
सेनाले रूसले मानव रहित अज्ञात ड्रोनहरू प्रहार गरेको जनाउदै ड्रोनहरू इरानी डिजाइनका रहेको उल्लेख गरेको छ ।
सेनाले १७ स्थानमा ७६ वटा रुसी ड्रोन खसालेको तथा अन्य ९५ वटा इलेक्ट्रोनिक रक्षात्मक प्रणालीद्वारा ड्रोन खसालिएको जनाएको छ ।
युक्रेनको राजधानी किएभ सहरका अधिकारीहरूलाई उदृत गर्दै हवाई सतर्कता पाँच घण्टा चलेको र त्यहाँ दश वटा रूसी ड्रोनहरू खसालिएको एएफपीले जनाएको छ ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया