उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी

सिमकोट - यही मङ्सिर १६ गते सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनोट भएको छ ।
उपनिर्वाचनका लागि कर्मचारी खटाउन निर्वाचन उपसमितिले सिफारिस गरेका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदर गरेको हो । मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले उपनिर्वाचनका लागि ७३ जना कर्मचारी खटाइएका बताए ।
उनले उक्त निर्वाचनका लागि बाह्रवटा मतदान स्थलमा १३ वटा मतदान केन्द्र रहने बताए । यसका लागि १३ जना मतदान अधिकृत, १३ जना सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रका दुई जना सहायक कर्मचारी र एक–एक जना कार्यालय सहयोगी खटिने जानकारी दिए ।
भोलि मङ्सिर १२ गते कर्मचारीलाई मतदान सामग्रीसहित १३ वटै मतदान केन्द्रतर्फ परिचालन गर्ने कार्यक्रम छ । ती कर्मचारी सोमबारदेखि आन्तरिक प्रशिक्षणमा व्यस्त छन् ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_7Q2sZWGHS6_lss2v89okop1g219zvquwjnugyzfpcsvpp4rodmjoixhqutxtxi7r8zgftov.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया