हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने

बेरूत - हिजबुल्लाहका सन्देशहरूले सम्भावित युद्धविरामको लागि आशावादको संकेत गरेको जनाइएको छ ।
निराशावाद भन्दा आशावादी हुनुको कारण अलि बढी यसकारण पनि धेरै छ कि धेरै जसो हिजबुल्लाह नेताहरूले युद्धविरामका लागि तयार रहेको जनाइरहेका छन् । किनभने अहिले हिजबुल्लाह इजरायलसँग लामो युद्धमा रहेको छ ।
नेता नइम कासिमले गत हप्ता युद्धविराममा सैद्धान्तिक सहमति जनाएका थिए। त्यो हसन नसरल्लाहको नेतृत्वको स्थितिबाट नयाँ प्रयास हो, जसले गाजामा युद्धको अन्त्य भए पछि मात्र युद्धविराम हुनेछ भनी आफ्नो हत्या गर्नु अघिसम्म पनि अडान लिइरहेका थिए । तर, हिजबुल्लाहले अब यो स्वीकार गरेको छ कि युद्ध विराम गर्न जरूरी छ ।
आज बिहान बोल्दै नबतिहका हिजबुल्लाह सांसद मोहम्मद रादले हिजबुल्लाह सधैं वार्ताको लागि खुला रहेको बताए । 'विशेष गरी राष्ट्रिय सुरक्षाको मामिलामा गम्भीर रहेको छ', उनले भने । उनले सार्वभौमसत्ताको एकमात्र वास्तविक ग्यारेन्टी जनता, सेना र प्रतिरोधको समीकरण भएकोसमेत बताएका छन् ।
यो भनेको लेबनानी जनतालाई स्पष्ट सन्देश थियो कि सुरक्षा उनीहरूको एकतामा निहित छ। यो अहिले हिजबुल्लाहबाट आएको सन्देश हो। धेरैले यसलाई युद्धविराम नजिक हुन सक्ने सकारात्मक संकेत भएको भन्दै औंल्याइरहेका छन् ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया