धितोपत्र बोर्डका अध्यक्षले लिए पद तथा गोपनियताको सपथ

काठमाडौँ - नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मंगलबार साँझ सिंहदरवारमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । श्रेष्ठलाई सपथ खुवाउँदै अर्थमन्त्री पौडेलले खुल्ला प्रतिष्पर्धाका आधारमा बोर्डको अध्यक्षलाई चयन गरेको भन्दै पूजीबजारमा रहेका समस्याहरु समाधान हुने विश्वास व्यक्त गरे । अध्यक्ष चयन भएसंगै बोर्डले गतिशिल ढंगले काम गर्ने उनले बताए ।
त्यस्तै सपथपछि श्रेष्ठले पूजीबजारलाई चलाउनमान बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्दै लगानीकर्ताहरुको मनोबल उच्च बनाउन भूमिका खेल्ने बताए ।
श्रेष्ठलाई सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । मुक्ती प्रतिष्पार्धाका आधारमा उहालाई चारवर्षका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया