द क्लिफ रिसोर्टको स्काइ क्याफेमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको ब्रेकफास्ट

काठमाडौँ - सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले द क्लिफले सञ्चालन गर्दै आइरहेको स्काई क्याफेको मज्जा लिएका छन्।
सोमबार श्रीमतिसहित द क्लिफ पुगेका अर्यालले मंगलबार बिहान स्काइ क्याफेमा ब्रेकफास्ट लिएको क्लिफका अध्यक्ष राजु कार्कीले बताए । भ्रमणका क्रममा महानिरीक्षक अर्यालले द क्लिफले सहासिक पर्यटनको प्रचारप्रसार र विकासमा योगदान गरेको भन्दै प्रशंसा समेत गरे ।
एडभेञ्चर टुरिजम हवका रुपमा विकास भइरहेको द क्लिफमा विभिन्न सरकारी निकायका प्रतिनिधि बहालवाला मन्त्री तथा कूटनीतिक नियोगका अधिकारीलगायतले अवलोकन भ्रमण गर्दै आएका छन् । केही दिनअघि मात्रै संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल द क्लिफ पुगेका थिए।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ ।
बन्जी र स्विङसँगै क्लिफमा रहेको रिसोर्टमा लग्जरी कटेज रुममा आवासको सुविधा छ । इन्फिनिटी स्विमिङ पुल र कन्फ्रेन्स हल निर्माणाधीन छन् ।
क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चियरलगायत गतिविधि सञ्चालनमा छन् ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया