एनपिएलका लागि विराटनगर किंग्सको तयारी पूरा

काठमाडौँ - मंसिर १५ देखि शुरु हुने नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताका लागि विराटनगर किंग्सले आफ्नो तयारी पूरा भएको जनाएको छ । विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी विराटनगर किंग्सका मालिक एवम् पूर्व क्रिकेट खेलाडी पारस लुनियाले आफूहरूले खेलाडी छनौट गरेको नभई कोचहरू र मार्की खेलाडी सन्दिप लामिछानेले खेलाडीहरू छानेको जानकारी दिए ।
उनले आफूहरूले एनपिएलमा कोशी प्रदेशको नाम राख्ने गरी खेल खेल्ने र यस लिगले खेलाडी उत्पादनमा निकै सहयोग पुर्याउने बताए । उनले एनपिएल एक किसिमको व्यापार भएको र यसबाट मुलुक मात्र होइन क्रिकेट एसोसिएसन र क्रिकेट खेलाडीहरूलाई फाइदा पुग्ने जिकिर गरे ।
विराटनगर किंग्सका खेलाडीहरूले विराटनगर वडा नं. ६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा प्रशिक्षण लिएका थिए । उनीहरू प्रतिस्पर्धाका लागि बुधवार राजधानी काठमाण्डौ जाँदैछन् । ५ जना विदेशी खेलाडी सहित ट्यालेण्ट हण्टबाट छानिएका ३ जना खेलाडीहरू समेत समावेश गरेर विराटनगर किंग्सको क्रिकेट टिम बनाइएको प्रशिक्षक दीपेन्द्र चौधरीले जानकारी दिए । एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ड्ससंग प्रतिस्पर्धा गर्दैछ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया