सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल
काठमाडौं - उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने पार्टी नेकपा एमाले भएको बताएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले एमाले नेतृत्वको सरकारले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको बताएका हुन ।
‘सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने, त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने र स्थापित गर्ने अभियानको नेतृत्व नेकपा एमालेले गरेको हो, नेकपा एमाले नेतृत्वको सरकारले गरेको हो’, उनले भने ।
समय क्रममा सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्नुका साथै त्यसमा नयाँ पन पनि ल्याइएको उनले बताए । त्यसकै आधारमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको पौडेलले स्मरण गरेका थिए ।
राज्यको जिम्मेवारी नागरिक प्रति छ भन्ने अवधारणाको आधारका सामाजिक सुरक्षाको अवधारणा अघि सारिएको पौडेलले बताए ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको उनको दाबी छ । यसले नेपाली मजदुरलाई उत्साहित र भविष्य प्रति आश्वस्त बनाउने काम गरेको उनले बताए ।
तथापि यसलाई अझ व्यवहारिक बनाउन अझ परिमार्जित गर्नुपर्नेमा अर्थमन्त्री पौडेलले जोड दिए । केपी ओली नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी र रचनात्मक बनाउने उनले विश्वास दिलाएका छन् ।

‘त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र सकिने’

निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्छौँः मन्त्री पाण्डे

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

प्रतिक्रिया