सौराहामा १८औं चितवन हात्ती महोत्सव हुने

काठमाडौँ - पर्यटकीय नगरी सौराहामा पौष दोस्रो साता १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ ।
क्षेत्रीय होटल सङ्घ नेपाल चितवनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौष ११ देखि १५ गतेसम्म सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना गर्न लागेको जनाएको हो ।
सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुराँ एण्ड बार एसोसिएसन नेपालको सह आयोजनामा महोत्सव हुन लागेको हो ।
महोत्सवका कारण हरेक बर्ष २५ देखि ३० प्रतिशत पर्यटनहरुको आगमनमा बृद्धि हुने गरेको आयोजकले जनाएको छ । पाँच दिनसम्म सञ्चालन हुने महोत्सव अन्तर्गत विभिन्न गतिविधिमा ८० वटा हात्ती सहभागी हुने क्षेत्रिय होटल संघ चितवन सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिए ।
महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी गराउनुका साथै स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

शुक्लाफाँटा निकुञ्जमा सफारी बन्द

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

प्रतिक्रिया