इजरायली राजदूतले गरे बिपी सङ्ग्रहालयको निरीक्षण

काठमाडौँ - गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमबार सन्दरीजलस्थित बिपी सङ्ग्रहालयको निरीक्षण गरेका छन् ।
इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न उनले सङ्ग्रहालयको भ्रमण गरेका हुन् । यहाँस्थित इजरायली दूतावासले आज जारी गरेको विज्ञप्तिमा इजरायल–नेपाल सम्बन्ध स्थापनामा दिवङ्गत प्रधानमन्त्री कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू प्रतिबद्ध रहेको राजदूत बासले बताउनुभएको जनाइएको छ । उनलाई सङ्ग्रहालयका अध्यक्ष पर्शुराम पोख्रेलले स्वागत गर्दै नेता कोइरालालाई नौ वर्ष बन्दी बनाइएको सुन्दरीजल जेललाई नै सङ्ग्रहालयका रुपमा विकास गरिएको जानकारी दिए ।
इजरायलका तत्कालीन प्रधानमन्त्री डेभिड बेन्गुरियन र नेता कोइरालाको दूरदर्शी निर्णयले नेपाल र इजरायलबीच इजरायलको अन्तर्राष्ट्रिय सहायता नियोग ‘मसाभ’मार्फत कृषि, शिक्षा, स्वास्थ्यका साथै ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत नेपाली विद्यार्थीले व्यावहारिक कृषि कर्मबारे प्रशिक्षण लिँदै आएका छन् । इजरायल नेपाली श्रमिकहरुका लागि आकर्षक गन्तव्य हो ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया