शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

भारतीय र्‍यापर बादशाहको क्लब अगाडि विस्फोट

नयाँदिल्ली - भारतीय चर्चित र्‍यापर बादशाहको क्लब अगाडी विस्फोट गराइएको छ । 

चण्डीगढको सेक्टर २६ स्थित दुई क्लब बाहिर बम विस्फोट भएको छ ।  र्‍यापर बादशाहको स्वामित्वमा रहेको सेभिल बार एण्ड लाउन्ज र डिओरा क्लब बाहिर सेक्टर २६ मा विष्फोट भएको हो ।

 बम विष्फोटले सो क्षेत्रमा त्रास फैलिएको छ । घटनापछि एसएसपीसहित धेरै अधिकारी घटनास्थल पुगेका छन् । घटना सोमबार राति भएको बताइएको छ । यी विष्फोटका कारण क्लब बाहिरका सिसा फुटेका छन् ।

प्राप्त जानकारी अनुसार विष्फोटक पदार्थ फाल्नेहरू मोटरसाइकलमा सवार भएर आएका थिए । प्रहरीका अनुसार उक्त सुतली बम प्रकारको हो, घटनास्थलबाट धेरै सुतली पनि फेला परेको छ । अहिलेसम्मको अनुसन्धानका अनुसार आतङ्कवादी कोण फेला परेको छैन । प्रहरीले घटनास्थलबाट केही सुराक फेला पारेको छ ।