खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई

रौतहट जिल्ला सदरमुकाम गौर स्थित खेतमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशु लाई एक परिवारले रितपूर्वक जिम्मा लिएको छ। गत कार्तिक १५ गते राती देखि प्रादेशिक अस्पताल गौरमा पालनपोषण गरी राखिएको शिशु (बालिका )लाई सोमवार यमुना माइ गाउँ पालिका वाड १ जेठरहिया निवाशी रघुनाथ सहनि र उनको श्रीमती अनिता सहनिले गोद (जिम्मा) लिएका हुन्।
जिल्ला अदालत रौतहटबाट सम्पूर्ण प्रकृया पूरा गरि बालिका लाई सहनी परिवारले जिम्मा लिएको अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमिले बताएका छन्। गत कार्तिक १४ गते राती जन्मिएको उक्त नवजात शिशु लाई कसैले गौर नगरपालिका सबगढा गाउँ छेउको खेतमा फालेर गएको थियो।
गत कार्तिक १५ गते बिहान बच्चा रोईरहेको आवाज सुनेर स्थानीयले शिशु लाई उठाएर प्रादेशिक अस्पताल गौरमा पुर्याएको थियो।
केही घन्टा खेतमा रहेकी शिशुको हातको औंलाहरुमा कमिलाले टोकेर घाउ खत बनाएको थियो। प्रादेशिक अस्पतालमा उपचार पछी सुरक्षित पालनपोषण भईरहँदा सोमवार सहनी परिवारले आफ्नो सन्तान सरह राख्ने बाचा गर्दै जिम्मा लिएर गएको अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमिले जानकारी दिएका छन्।

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

प्रतिक्रिया