कीर्तिपुरमा सांगीतिक पर्व: ‘एकै स्वरमा कीर्तिपुर’: कर्मा र कुटुम्बको सांगीतिक सहकार्य

काठमाडौँ- कर्मा ब्यान्ड १२ वर्षपछि आफ्नो सांगीतिक प्रस्तुती दिने भएको छ । २२ मंसिरमा हुने ‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकको विशेष कन्सर्टमार्फत ब्यान्डले पुराना र नयाँ श्रोतामाझ सांगीतिक ऊर्जा फैलाउनेछ। कीर्तिपुरको ल्याबोरेटरी विद्यालयको प्रांगणमा आयोजना हुने यो कन्सर्ट आदि ग्रुपले आयोजना गर्न लागेको प्रबन्ध निर्देशक आशिष पराजुलीले बताएका छन्।
कन्सर्टमा कर्मा र कुटुम्बले सहकार्य गर्दै केही उत्कृष्ट गीतहरूमा एकसाथ प्रस्तुति दिनेछन्। यसलाई कर्मा ब्यान्डको औपचारिक पुनरागमनको रूपमा हेरिएको छ। ब्यान्डका मुख्य गायक सुरेन्द्रमान सिंहले भने, "यो हाम्रो सांगीतिक यात्रामा नयाँ अध्याय हो। लामो समयपछि हामी श्रोताहरूसँग प्रत्यक्ष जोडिन पाउँदा उत्साहित छौँ। कुटुम्बजस्तो अद्वितीय समूहको साथले यस कन्सर्टलाई अझ विशेष बनाएको छ।"
कन्सर्टमा सांगीतिक प्रस्तुतिसँगै नेवार र अन्य जातीय परम्परागत नृत्य र झाँकीहरूले सांस्कृतिक विविधता झल्काउनेछन्। कर्मा ब्यान्डले दशकअगाडिका चर्चित गीतहरू जस्तै ‘हुक्का मेरो डल्ले डल्ले’, ‘कहाँ होला घरबार’, ‘यानीमाया’, ‘सुपारीदाना’ , ‘मौनतामा’, ‘छैन मैले’, ‘नयाँ सपना’, र ‘को हौ तिमी’ जस्ता लोकप्रिय र नयाँ गीतहरू पनि प्रस्तुत गर्नेछ।
आयोजकको विश्वास छ, यो कन्सर्टले कर्मा ब्यान्ड र कुटुम्बको सहकार्यलाई ऐतिहासिक बनाउनुका साथै कीर्तिपुरको सांगीतिक र सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउनेछ। श्रोताहरूले पनि पुरानो संगीतको सम्झना र नयाँ ऊर्जा एउटै मञ्चमा अनुभव गर्न पाउनेछन्।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया