वर्षाले घर भत्किँदा एकको मृत्यु, सडक अवरुद्ध, सतर्कता अपनाउन प्रशासनको आग्रह

खोटाङ : खोटाङमा तीन दिनदेखि लगातार परिरहेको वर्षाले मुण्डाघर भत्किँदा एक बालकको मृत्यु भएको छ । बाँस र माटोले बनेको पुरानो मुण्डाघर आज दिउँसो भत्किँदा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका रमेश सार्कीका छोरा १४ वर्षीय राजकुमारको घटनास्थलमै मृत्यु भएको हो ।
मान्छे बस्न छाडेको स्थानीय मनकुमार सार्कीको मुण्डाघरभित्र तीन बालक खेलिरहेको अवस्थामा उक्त मुण्डाघर भत्किएको स्थानीय बासिन्दाले बताएका छन् । मुण्डाघर भत्किँदा अन्य दुई बालकसमेत घाइते भएका छन् । घाइते हुनेमा स्थानीय राजकुमारी सार्कीको १० वर्षीय छोरा मिलन र मनकुमार सार्कीको १० वर्षकै छोरा लुने रहेका वडासदस्य खेमराज कार्कीले बताए । उनीहरू दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
मृत बालकको शव जिल्ला अस्पताल दिक्तेल ल्याएर परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सागर साहले जानकारी दिए । प्रहरीका अनुसार सोही नगरपालिकाको वडा नं ५ रातमाटेका दिनेश राईको घर भत्किँदा घरधनी राई गम्भीर घाइते भएका छन् ।
चौबीस वर्षीय घाइते राईको स्थानीय स्वास्थ्य संस्थामा उपचार नभएपछि थप उपचारका लागि राजधानी काठमाडौँस्थित सुविधायुक्त अस्पताल लैजाने तयारी भइरहेको आफन्तले जनाएका छन् । ढुङ्गामाटोले बनेको घर पूर्णरूपमा भत्किएपछि उनको परिवार ठुलोबुबा पिताम्बर राईको घरमा बसेको छ ।
दिनरात लगातार परिरहेको वर्षाले ठाउँ–ठाउँमा पहिरो झरेपछि जिल्लाका सबै ग्रीिमण सडक अवरुद्ध बनेका यातायात व्यवसायीले बताएका छन् । सडक अवरुद्ध भएपछि सबैभन्दा बढी उपचारका लागि स्वास्थ्य संस्था जाने कोभिड–१९ तथा भाइरल ज्वरोका बिरामी समस्यामा परेका छन् ।
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

ऐतिहासिक चण्डी बजारको संरक्षण
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_pmd6VlafD5_i91xdmvhfyacjfsjnzgozamcckxkltylasddqhqczq4qxhxdcnscuuahrcpn_ga8gln6An7_jctdxfzxnbxinlxdzd5vqdj4f3k6xgkbvwiovfmdtsoejueczt5asxmmysfj.jpg)
प्रतिक्रिया