केवाईसी रुजु गर्ने वालेटकै कर्मचारी पक्राउ

सेवाग्राहीहरूको केवाईसी रुजु गर्ने वालेटकै कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साहिल श्रेष्ठ, सविन कुमार कुमाल र सुरेन्द्र बस्नेत रहेका छन् ।
उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी आपराधिक विश्वासघात गर्न नहुने कसुरमा अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वालेटका ग्राहकहरूको केवाईसी रुजु गर्ने विभागका कर्मचारीहरूले वालेटका सेवाग्राहीहरूले आफ्नो वालेटको केवाईसी भेरिफाइ गर्नका लागि अपलोड गरिएका विवरणहरूबाट फोटो, नागरिकताको प्रतिलिपि लगायत विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा फरक–फरक मोबाइल नम्बरहरूबाट ५५ वटा भन्दा बढी वालेटहरू गैरकानुनी रूपमा खोल्न सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरेका हो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया