तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा

काठमाडौं - प्रहरीले पर्साबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
वीरगन्ज महानगरपालिका-८ घन्टाघर चोकबाट प्रहरीले सोमबार बिहान राति ना ४ ख २१६० नम्बरको ट्रकलाई तस्करीको आशंकामा नियन्त्रणमा लिएको हो। उक्त ट्रक चितवनतर्फ सामान लिएर जाँदै थियो।
औषधी तथा खुद्रा सामान लोड गरिएको ट्रकमा बिल बिजक भन्दा बढी सामान देखिएको पर्सा प्रहरीका सूचना अधिकारी डिएसपी किशोर लम्सालले जानकारी दिए ।
ट्रकमा ६८ लाख ९१ हजार ४४९ रुपैयाँ बराबरको औषधी र खुद्रा सामान रहेको लम्सालले जानकारी दिए । उनका अनुसार ट्रक र सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया