इटहरी दुर्घटनामा दम्पतीको मृत्यु

सुनसरी - सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका–३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती ३२ वर्षीया टीका गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।
बालग्राम चोकमा को३६प ५६३७ नंको मोटरसाइकललाई पहिचान नभएको सवारीसाधनले ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवैजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने सवारीसाधनको खोजी गरिरहेको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

प्रतिक्रिया