सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

जरिवानाको पत्र बुझ्न एमालेले गर्यो अस्वीकार

फाइल फाेटाे

काठमाडौँ - नेकपा एमालेले काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ । 

दरबारमार्गमा आयोजित जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरको टोली एक लाख जरिवाना गरेको पत्र बुझाउन आइतबार एमाले मुख्यालय पुगेको थियो । उक्त जागरणसभा एमाले केन्द्रीय कार्यालयले आयोजना गरेको नभइ जिल्ला कमिटीले आयोजना गरेकाले पत्र बुझ्न नसक्ने जबाफ एमाले मुख्यालयले दिएको महानगरले जनाएको छ । एमाले केन्द्रीय कार्यालयले पत्र बुझ्न नमानेपछि महानगरको टोली पत्र नबुझाइ फर्किएको थियो ।

जागरण सभामा क्रममा दरबारमार्ग क्षेत्रमा फोहोर भएको भन्दै महानगरले एकलाख जरिवानासहित पत्र काटेको थियो । एमालेका नेताहरूले भने काठमाडौं महानगरले पूर्वाग्राही ढंगले पत्र काटेको आरोप लगाउँदै आएका छन् ।

महानगरपालिकाले भने फोहरमैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन बमोजिम एमालेलाई जरिवाना गराएको बताउँदै आएको छ ।