नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ- नबिल बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ । बैंकले साधारण सभामा भाग लिन र आफ्नो लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको जनाएको छ । आज (मंसिर ९ गते)सम्म कायम सेयरधनीले मात्र बैंकको सभामा भाग लिनु पाउने र लाभांशको हकदार हुने बैंकले जनाएको छ ।
बैंकले प्रस्तावित लाभांश पारित गर्ने लगायतका एजेन्डा राखेर यहि मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २७ गते गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनार्थ मंसिर १० गते १ दिन बुक क्लोज गर्ने बैंकले जनाएको छ।
नबिल बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित नगद लाभांश साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी गराएको छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा भने यस बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया