चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि...

जयपुर- बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उहाँको पोष्ट मोर्टम गरेन ।
तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उहाँ ब्यूँझिएको चिकित्सा अधिकारीहरूले शनिबार बताएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रोहितास विरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए । तर उनको उपचार नगरिकनै मृत घोषणा गरिएको थियो र उहाँलाई मृतकहरू राख्ने कक्षमा पठाइयो । परिवारजनले उहाँको हिन्दु संस्कार अनुसार अन्त्येष्टिको तयारी गरे ।
भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उनलाई छारे रोग (मिर्गी) को समस्या देखिएको रहेछ ।
अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले भने, “एक जना चिकित्सकले पोष्टमार्टम नगरी पोष्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ ।"
“चिता जलाउनुभन्दा केही समयअघि रोहिताशको शरीरले हलचल सुरु भएपछि मलामीका रूपमा गएका मानिसहरूले उहाँ जीवित रहेको र सास फेरिरहेको पाएपछि उहाँलाई पुनः अस्पताल लगिएको थियो,” सिंहले भने ।
रोहितासलाई दोस्रो पटक अस्पताल लगिएको र उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको पुष्टि भएको थियो ।
अधिकारीहरूले अस्पतालको सेवा केही समयका लागि बन्द गरेको जनाएका छन् । (एएफपी)

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया