बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बेल्ट एण्ड रोड (बिआरआई)मा ऋण स्वीकार्न नसकिने बताएका छन्।
सिरहाको लहानमा शनिबार कांग्रेस नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा उनले छिमेकी चीन, भारतसहित विश्वका जुनसुकै देशको सहयोग स्वीकार गरिने तर मुलुकले ऋणको भार थेग्न नसक्ने भएकाले ऋणको रूपमा नलिइने बताए।
‘अब हामी धेरै ऋण बोक्न सक्दैनौं। श्रीलंकाले ऋणमा बनाएको हम्बनटोटा बन्दरगाहकै नियति भोग्नु पर्नेतर्फ सजग हुनुपर्छ,' उनले भने, ‘ऋण सहयोगमा बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जरुरी थिएन। १२ मिनेट हवाई यात्राको दूरीमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाइएकै थियो, बरु पोखराको अन्तर्राष्ट्रिय विमानस्थल मधेशमा बनाइनु पथ्र्यो।’

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया