इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन सुरु

जाकार्ता : इन्डोनेसियाको सरकारले यहाँका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र युवायुवतीलाई पनि कोभिडविरुद्धको खोप लगाउन सुरु गरेको छ । प्राप्त समाचारअनुसार यहाँ ती नागरिकलाई खोप लगाउनका लागि शुक्रबारबाट अभियान नै सुरु गरिएको हो ।
शुक्रबार एन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक सार्वजनिक विद्यालयबाट सो खोप अभियानको सुरुवाता गरिएको बताइएको छ । आज बिहान सो विद्यालयका १०० जना विद्यार्थीलाई खोप लगाएर सो अभियान थालिएको छ । यहाँको सरकारले बालबालिकालाई खोप लगाउने कार्यक्रमलाई एक राष्ट्रिय अभियानका रुपमा शुरु गर्ने जनाएको छ ।
इन्डोनेसियाको जाकार्ता प्रान्तीय प्रशासनले यस क्षेत्रका कम्तीमा पनि १२ लाख जना बालबालिकालाई यो खोप दिने लक्ष्य राखेको छ । विद्यालयहरूमा नै पुगेर सो खोप दिइने यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
यहाँ यही जुलाई १ सम्मको तथ्यांकअनुसार यहाँका तीन करोडभन्दा बढी नागरिकले सिनोभ्याक्सको एक मात्रा खोप लगाइसकेका छन् । त्यसैगरी १ करोड ३० लाख मानिसले दुवै मात्रा खोप लिएका यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया