नेपालगञ्जबाट ढकालको गीति संग्रह

साहित्यकार अमृत शर्मा ढकालको गीति संग्रह ‘लजालु पहाडहरू’ विमोचन गरिएको छ । नेपालगञ्जमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं वरिष्ठ कथाकार सनत रेग्मी, वरिष्ठ सायर अब्दुल लतिफ शौक, प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सेना, वरिष्ठ लोक गायक कमल विक निर्माेही, साहित्यकार भोजराज शर्मा ‘नादिर’ लगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् ।
करिब २ दशकदेखि गीत, कविता, गजल र समालोचना सृजनामा क्रियाशील ढकालको ‘लजालु पहाड’ पहिलो पुस्तकाकार कृति हो । पुस्तकमा ६७ वटा गीतहरु संग्रहित छन् । विमोचन कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार नादिरले ढकालमा गोपाल योञ्जन र गुलजारको जत्तिकै स्तरीय गीतहरू लेख्ने क्षमता रहेको बताए । उनले भने, ‘ जसले जिन्दगीको लक्षित उचाइमा पुगेर पनि विश्रान्ति पाएको छैन, आनन्द पाएको छैन, जसलाई चौतारीमा बिसाएर मस्तसँग हावा चलोस्, पातहरू सुसाएको जस्तो कल्पनाको आनन्द पाइयोस् भन्ने चाहेको छ, उसले यो किताब पढ्नु पर्छ ।’ उनले कृतिमा रहेका केही गीतहरू पहिलो पढाइमा दुर्बाेध्य जस्तो लागेपनि तिनको वजन थाहा पाउने बित्तिकै फरक खालको अनुभूत हुने दाबी गरे ।
यसैगरी, कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कथाकार रेग्मीले ढकालका गीतहरू संरचनाका हिसाबले संगीतकार र गायकहरूलाई चुनौती दिने खालका रहेको बताए । कृतिकार ढकालले गीत आफ्नो प्रिय विधा भएको सुनाए । उनले साहित्य सृजनाको सुरुवात नै गीत लेखनबाट गरेको पनि बताए । युरेका प्रकाशनले प्रकाशन गरेको ‘लजालु पहाडहरू’ गीत संगहको मुल्य २५० तोकिएको छ ।

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

सञ्जय दतको ‘द भूतनी’मा के छ ?

रेडः २ को कुल बजेट ४८ करोड, अजय देवगनले मात्रै लिए २० करोड

प्रतिक्रिया