उपनिर्वाचन : कीर्तिपुर नगरपालिकाको मेयर पदकालागि प्रचारप्रसार तीव्र

काठमाडौं - काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा हुन लागेको उपनिर्वाचनमा लागि प्रमुख राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरूले प्रचार प्रसारका साथै घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
नगरपालिकाको मेयर पदमा उम्मेदवारहरूले जनताका घर घरमा पुगेर आफ्ना एजेण्डका बारेमा जानकारी गराउँदै मत मागिरहेका छन् ।
एमाले, कांग्रेस, माओवादी, जसपा, राप्रपा, नेमकिपा लगायत दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारहरूमध्ये केही घर घरमा पुगेका छन् भने केहीले चोक चोकमा सभा गरिरहेका छन् । त्यस्तै केही उम्मेदवारहरूले साइकल र्याली गर्दै प्रचार प्रसार गरिरहेका छन् ।
कीर्तिपुर नगरको प्रमुखमा एमालेका तर्फबाट सुरेन्द्र मानन्धर, कांग्रेसबाट कृष्णमान डंगोल, माओवादी केन्द्रका तर्फबाट प्रा.डा.शिवशरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ध्रुव महर्जन लगायतले केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया