राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

अमरगढी (डडेल्धुरा)- आन्तरिक राजस्व कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । कार्यालयमा चार महिनादेखि कार्यालय प्रमुख नभएको र दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाह पनि प्रभावित भएको छ ।
कर अधिकृत र नायब सुब्बाको अभावमा सेवा प्रवाहमा समस्या भएको हो । कार्यालयमा हाल १० जना कर्मचारीको दरबन्दी रिक्त छ । एक उपसचिव, तीन कर अधिकृत, पाँच सुब्बा र कम्प्युटर अधिकृतलगायत कर्मचारीको पद रिक्त रहेको छ ।
कर्मचारी अभाव हुँदा कार्यालयबाट प्रवाह हुँदै आएको सेवा प्राप्त गर्न समस्या भएको बैतडीका सेवाग्राही हेमराज भट्टले बताए । उनले भने,– “हामीजस्तो टाढाबाट आउनेका लागि समयमा काम नहुँदा धेरै समस्या भयो, समयमा काम हुँदैन । ”
कार्यालय अहिले निमित्त कार्यालय प्रमुखको भरमा चलिरहेको छ । कार्यालय प्रमुखको चार महिनाअघि सरुवा भएपछि कार्यालय निमित्तकै भरमा चलिरहेको कर अधिकृत थानेश्वर अवस्थीले बताए । “कर्मचारी नहुँदा नागरिकको काममा समस्या भएपछि एउटा फाँटको कर्मचारीलाई उक्त फाँटको काम सकिएपछि पुनःअर्को फाँटमा खटाएर काम चलाउँदै आएका छौँ”, उनले भने ।
उक्त कार्यालयले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुराका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ । रासस
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

भजहरमा रमाउँदै कैलालीका थारु समुदाय

प्रतिक्रिया