कृषि र पर्यटन क्षेत्रमा प्रदेश सरकारले लगानी गर्नेछ : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कृषि र पर्यटनको सम्भाव्यता बोकेका क्षेत्रमा प्रदेश सरकारले लगानी गर्ने बताएका छन् । उनले पर्यटन क्षेत्रमा लगानी बढाउन सके आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई ल्याउन सकिने बताए ।
मकवानपुरगढी गाउँपालिका–८ बुढीचौरमा ऐतिहासिक धार्मिकस्थलको रूपमा रहेको ऋषेश्वर मन्दिर र गुफा क्षेत्रमा निर्माण गरिएको बुद्धमूर्ति अनावरण तथा प्राण प्रतिष्ठान कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री लामाले बुढीचौरमा कृषि र पर्यटनको सम्भाव्यता बोकेकाले यसलाई थप विस्तार गर्न प्रदेश सरकारले थप सहयोग गर्ने बताए ।
मुख्यमन्त्री लामाले सोच र आँट गर्न सके यहाँ पर्यटनको विकास तीव्र गतिमा गर्न सकिने उल्लेख गर्दै हेटौँडाको सडक सञ्जालको समस्या समाधानका लागि आगामी बजेटमा सम्बोधन गरिने विश्वास दिलाए । उनले सडक सहज भए यहाँ उत्पादन भएका बेमौसमी तरकारी र दूधजन्य वस्तुहरू बजारीकरण गर्न सहज हुने बताए ।
प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले बुढीचौर पर्यटनको प्रचुर सम्भावना बोकेको वडा रहेको बताए । अघिल्लो वर्षमा प्रदेश सरकारले समपूरकअन्तर्गत बजेट आइरहेको बताउँदै उनले बुद्धमूर्तिको वरपरका क्षेत्रमा थप व्यवस्थित गर्न यसै आवमा पर्यटन आयोजनामार्फत पाँच लाख रकम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बुढीचौरमा ऐतिहासिक धार्मिकस्थलसहित कृषि र पर्यटनको सम्भावना बोकेको वडा रहेको बताए । उनले गाउँपालिकाबाट आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख बजेटबाट बुद्धमूर्ति निर्माण गरिएको जानकारी दिए ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया