टीभीएसको नयाँ ईभी स्कुटर: २ घण्टामै चार्ज, मूल्य ३ लाखभन्दा कम

टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक भएको छ ।
नेपालको लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको हो ।
यससँगै अब नेपालमा टिभिएस आईक्यूबका ३ वटा भेरिएन्टहरू ६ आकर्षक रङमा उपलब्ध हुनेछन् ।
२.२ किलोवाट आवरको नयाँ भेरिएन्टको सुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रहेको छ ।
कम्पनीका अनुसार टीभीएस आईक्यूब पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजताका सिद्धान्तबाट प्रेरित छ ।
उक्त लन्च कार्यक्रममा टीभीएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधुप्रकाश सिंहले विश्वभरि ४ लाखभन्दा बढी ग्राहकले टीभीएस आईक्यूब ब्रान्डलाई रोजेकाे जानकारी दिए ।
कम्पनीका अनुसार नयाँ आईक्यूब २.२ किलोवाट आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।
आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको बुकिङ आजदेखि टीभीएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका टीभीएसका ४० वटा आधिकारिक डिलरमा उपलब्ध भएको कम्पनीले जनाएकाे छ ।
बुधबार एक कार्यक्रमका बीच उक्त इलेक्ट्रिक स्कुटर लन्च गरिएको थियो । सो कार्यक्रममा टिभिएस मोटर कम्पनीका इभी इन्टरनेशनल भाइस प्रेसिडेन्ट मुधप्रकाश सिंहले नेपालमा आईक्यूबको यात्रा निकै फलदायी हुँदै आएको बताए ।
त्यस्तै, जगदम्ब मोटसएका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टिभिएस आईक्यूब २.२ किलोवाट आवर भेरियन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा भएको परिवर्तनमा अझ गति थप्ने बताए । यस्तै उनले टीभीएसले क्यालिटिको मामलामा कम्परमाइज नगरर्ने बताए ।
उनले भने, ‘टीभीएसले क्यालिटिमा कम्प्रोमाइज गर्दैन । कम्पनीले धेरै रिसर्ज गरेर मात्र प्रोडक्ट बजारमा ल्याउँछ ।’
कार्यक्रममा कम्पनीले राष्ट्रिय महिला फुटबल टीमका खेलाडीहरुलाई सम्मान पनि गरेका थियो ।
के-के छन् विशेषता ?
ब्याट्री क्षमता २.२ किलोवाट आवर
चार्जर – ९५० वाट
५ इन्चको रंगीन टीएफटी स्क्रीन
सबैभन्दा फास्ट चार्जिङ – २ घण्टा (०-८०%)
सवारी दुर्घटना तथा टो अलर्ट
टर्न-बाइ-टर्न नेभिगेशन
डिस्ट्यान्स टु एम्प्टी
३० लिटरको अन्डर सीट स्टोरेज
७५ किमी प्रतिघण्टाको टप स्पिड

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

प्रतिक्रिया