चीनबाट ३० लाख डोज खोप आउँदै

काठमाडौँ : सरकारले चीनबाट कोभिडविरुद्धको ३० लाख डोज खोप खरिद गर्ने भएको छ । उक्त खोपको पहिलो लट आउँदो शुक्रबार नेपाल भित्रिने छ । सरकारले भारतबाट अग्रिम भुक्तानीसहित खरिद गरेको १० लाख डोज खोप समयमा नआएपछि सरकारले अर्को विकल्पको रूपमा उत्तरी छिमेकी चीनबाट खोप खरिद गरेको हो । सरकारले उक्त खोप कतिमा खरिद गरेको बाहिर ल्याएको छैन ।
नेपाल वायुसेवा निगमले खोप आयातका लागि आइतबार उडान तालिका सार्वजनिक गर्ने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले इकागजलाई जानकारी दिए । उनकाअनुसार सरकारले चीनबाट खोप ल्याउनका लागि नै उडान तालिका सार्वजनिक गर्न लागेको हो ।
'पहिलो चरणअन्तर्गत १० लाख डोज खोप लिन निगमको जहाज आउँदो बिहीबार बेलुका ११ बजे गएर शुक्रबार आइपुग्छ' पौडेलले भने, ‘चीनबाट कूल ३० लाख डोज खोप ल्याइनेछ ।’ यस अघि चीन सरकारले अनुदान स्वरूप १८ लाख डोज खोप दिइसकेको छ । पहिलो लट (८ लाख) गत चैत र दोस्रो लट (१० लाख) जेठमा ल्याइएको थियो ।
जनतालाई सरकारले तत्काल खोप लगाउने भने पनि त्यसमा ढिलाइ भएपछि चीनसँग सिनो फार्म अन्तरगतको भेरोसेल खोप ल्याउन लागेको हो । भारतसँग पनि सरकारले लगातार अग्रिम भुक्तानी गरेको १० लाख डोज खोपको ताकेता गरिरहेको छ ।
अन्य मित्रराष्ट्रसँग पनि नेपाल सरकारले राष्ट्रपतिकै तहबाट समेत खोपका लागि आग्रह गरेको छ । तर खोप लगाउन नपाएर नेपाली नागरिक सरकारसँग आक्रोसित बनेका छन् । सामाजिक सञ्जालमा खोप लगाउन नपाएको आक्रोश पोखिएका छन् ।

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

प्रतिक्रिया