पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम आदिवासी जिल्लामा यात्रु वाहक सवारी साधनमा गोली हानाहान भएको छ ।
यस गोलीबारीमा ३८ जनाको मृत्यु भएको जियो न्यूजले उल्लेख गरेको छ । यस घटनामा १९ जना घाइते भएका छन् ।
कुर्रम जिल्लाको मदारवी क्षेत्रमा प्रहरी निगरानीमा रहेको पारा चिनार क्षेत्रबाट केही सवारीसाधन आइरहेका थिए । सोही क्रममा ती सवारीसाधनमाथि आक्रमण भएको थियो ।
अहिलेसम्म आक्रमण कसले गरेको हो भन्ने स्पष्ट हुन नसकेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शेहबाज सरिफले घटनाको भर्त्सना गर्दै घाइतेको राम्रो उपचार गर्न निर्देशन दिएका छन् ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया