सिड पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध - मन्त्री सुडी
काठमाडौँ - महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी (सिड) पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
सिडको छाँया प्रतिवेदन तयारीको लागि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय परामर्श कार्यक्रममा मन्त्री सुडीले सिड महिला समानता र विकाससम्बन्धी सबै पक्षहरू समेटी संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको अन्तर्राष्ट्रिय दस्तावेज भएकाले यसको कार्यान्वयनमा सरकारले ध्यान दिने बताए ।
सिड समितिमा नेपाल सरकारले ७ औं आवधिक प्रतिवेदन बुझाई सकेको र उक्त प्रतिवेदनमा रहेर सिड समितिले नेपालको लागि प्रश्नहरूको सुची पठाएको उनले जानकारी दिए । उनले यस सम्बन्धी कार्यमा मन्त्रालय सधैँ सहकार्य र समन्वय गर्दै अघि बढ्न तत्पर रहेको बताए ।
मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नागरिक समाजले तयार पारेको छाँया प्रतिवेदनमा वकालत गर्ने अवसर दिएको बताए ।

‘त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र सकिने’

निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्छौँः मन्त्री पाण्डे

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

प्रतिक्रिया