सयको नोटमा चुच्चे नक्सा समावेश गरेकोप्रति विजय जोलीको गुनासो

काठमाडौँ - भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले नेपालमा बनेको कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई नेपालका लागि समयको माग भएको टिप्पणी गरेका छन् ।
रिपोटर्स क्लबले बिहीवार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई आफ्नो पार्टीको समर्थन रहने समेत बताए । उनले नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको दाबी गरे ।
प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र बीआरआईबारे जोलीले नेपालका प्रधानमन्त्रीले कुन देश भ्रमण गर्ने भन्ने कुरा नेपालको निर्णय हुने भन्दै त्यसलाई आफूले सम्मान गर्ने बताए । उनले हरेक देशले आफ्नो स्वार्थको लागि कूटनीतिक रुपमा हात मिलाउने गरेको सुनाए ।
नेता जोलीले नेपाल र भारत बीच रहेका सीमा विवादपनि सरकारी, राजनीतिक र कूटनीतिक तहको सम्वादबाट हल गरिनुपर्नेमा जोड दिए । सीमा विवाद हल गर्नको लागि भारत सधैं तयार रहेको उनको भनाई छ ।
कुनैपनि मुलुकले आफ्नो पैसामा विवादित क्षेत्रको नक्सा समावेश गरेको नदेखेको भन्दै उनले नेपालले पछिल्लो समय आफ्नो एक सयको नोटमा चुच्चे नक्सा समावेश गरेकोप्रति गुनासो गरे ।
जोलीले आफू भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख भइसकेको नाताले पनि विगत लामो समयदेखि नेपाल आवतजावत गर्ने गरेको स्मरण गरे ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया