सामाजिक अराजकता फैलाई जनतामा निराशा छर्ने प्रयास भयो : उपमहासचिव ज्ञवाली

काठमाडौँ - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक अराजकता फैलाई जनतामा निराशा छर्ने प्रयास भइरहेको बताएका छन् ।
नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको पत्रकारहरूसँगको छलफलका क्रममा ज्ञवालीले अराजकता र अस्थिरता चाहनेहरू एक ठाउँमा आउन खोजिरहेको समेत बताए ।
देशको प्रधानमन्त्रीको नागरिकता र हस्ताक्षर किर्ते गर्नेले भविष्यमा जस्तोसुकै अपराध गर्नसक्ने भएकाले सबै सजक हुनुपर्ने धारणा राखे । मुलुकको परिवर्तनका मुख्य संवाहक नेपाली कांग्रेस र नेकपा एमाले नै भएका बताउँदै उनले अहिले पनि अराजकता र अस्थिरता अन्त्यको लागि दुई दल एक ठाउँमा उभिनुपरेको जिकिर गरे ।
कांग्रेस एमाले नमिल्दा माओवादी अध्यक्ष प्रचण्डले अस्थिरतामा खेलिरहेका कारण दुई दल एक ठाउँमा उभिन बाध्य भएको उनको भनाइ छ । त्यस्तै ज्ञवालीले सरकारबाट हट्ने बित्तिकै प्रचण्डले अनेक खालका तिकडम अपनाउन थालेको आरोप समेत लगाए ।
ज्ञवालीले केपी ओली नेतृत्वको सरकार बनेपछि सुशासनका साथै अर्थतन्त्र सुधारको सङ्केत देखिएको बताए । एमालेको राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेसँग कुनै प्रतिस्पर्धा नै नभएको भन्दै उनले एमालेले रास्वपा र रवि लामिछानेलाई फसाउनु पर्ने कुनै कारण नभएको स्पष्ट पारे । ज्ञवालीले देश बन्दैछ भन्ने सन्देश जनतालाई दिनका लागि मंसिर ७ गते काठमाडौंको दरवारमार्गमा जागरण सभा आयोजना गरिएको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया