दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई 'वर्क फ्रम होम' लागू

काठमाडौँ - भारतको दिल्लीमा वायु प्रदूषणको 'गम्भीर' स्तरलाई ध्यानमा राख्दै, दिल्ली सरकारले सबै सरकारी विभागहरूमा ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागू गरेको छ।
दिल्ली सरकारका पर्यावरण मन्त्री गोपाल राईले दिल्ली सरकारले राज्यमा प्रदूषण नियन्त्रण गर्न धेरै कदम चालिरहेको बताउँदै आधा कर्मचारीलाई‘वर्क फ्रम होम’ लागु गरिएको जानकारी दिएका छन् ।
उनले भनेका छन्- 'दिल्ली सरकारअन्तर्गतको आपतकालीन विभागबाहेक सबै विभागमा ५० प्रतिशत काम घरबाटै गर्ने निर्णय भएको छ ।'
उनले दिल्ली सरकारले निजी क्षेत्रका कम्पनी र कार्यालयहरूलाई पनि ५० प्रतिशत ‘वर्क फ्रम होम' लागू गर्न सुझाव दिएको बताए ।
यस बाहेक, दिल्ली सरकारले कार्यालयको समय परिवर्तन गर्न र कर्मचारीहरूको सुविधाका लागि शटल बस सेवा प्रयोग गर्न पनि सुझाव दिएको छ ।
जाडो मौसममा दिल्लीको वायुमा प्रदूषणको स्तर दिनानुदिन बढिरहेको छ । बुधबार दिल्लीको वायुमा प्रदूषणको स्तर ‘गम्भीर’ श्रेणीमा रेकर्ड गरिएको थियो ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार बुधबार दिउँसो ४ बजे सबैभन्दा बढी प्रदूषित हावा बवानामा क्षेत्रमा रहेको थियो ।
अपरान्ह ४ बजे बवानामा एक्यूआइ ४५९ रेकर्ड गरिएको थियो । यसलाई वायु प्रदूषणको ‘गम्भीर’ श्रेणी मानिन्छ । बवाना बाहेक, दिल्लीका अन्य धेरै क्षेत्रमा एक्यूआई ४०० र ५०० को बीच रेकर्ड गरिएको थियो ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया