बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

बीवाईडीद्वारा ३०औं वार्षिकोत्सवको अवसरमा १ करोड 'एनइभी' उत्पादन

बीवाईडीले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा आफ्नो १ करोड 'एनइभी' गाडी सियाओमो उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

कार्यक्रममा बीवाईडीका सभापति एवम् अध्यक्ष वाङ चुआनफुले प्रमुख मन्तव्य दिँदै कम्पनीको यात्रा सम्झे । उनले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरु भई आज विश्वभर लगभग
१० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरे । वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्त्वपूर्ण भूमिका
रहेको जनाए ।

१ करोड नयाँ ऊर्जा सवारीसाधन 'एनइभी' उत्पादनको उपलब्धि बीवाईडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो । यस उपलब्धिलाई हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी
बनेको छ । कम्पनीले पहिलो ५० लाख उत्पादन गर्न १५ वर्ष लगाएको, तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ ऊर्जा सवारीसाधन 'एनइभी' र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ ।

१ करोडौँ गाडी, डेन्जा जेठनाईन्, गेम साइन्सका संस्थापक एवम्सीइओ तथा चर्चित खेल ‘ब्ल्याक मिथः वुकोंग’ का स्रष्टा श्री फेङ जीलाई प्रदान गरियो । वाङले बीवाईडीको सफलता साहसी दृष्टिकोण, निरन्तर कार्यान्वयन, र अटल धैर्यतामा आधारित भएको बताए । उनले कम्पनीको उपलब्धिको श्रेय यसको बलियो प्राविधिक क्षमता र गहिरो रूपमा गडेको इन्जिनियरिङ कल्चर रहेको टिप्पणी दिए । उनले भने ‘बीवाईडीका इन्जिनियरहरूको आत्मा नै हाम्रो कम्पनीको आत्मा हो।’

बीवाईडीको संस्कृतिका बारेमा गहिरो जानकारी दिनका लागि, प्रसिद्ध चिनियाँ वित्तीय पत्रकार र लेखक, किन्सुओले १०० जना मध्यस्तरका र उच्च स्तरका कार्यकारीहरू र कर्मचारीहरू सँग अन्तर्वार्ता
गरेका छन् । यी जानकारीहरू ‘ सोल अफ इन्जिनियरस’ नामक पुस्तकमा सङ्कलित गरिएको छ ।

भविष्यतर्फ हेर्दै वाङले बीवाईडीको रणनीतिक रोडम्याप प्रस्तुत गरे र बीवाईडीका आधारभूत मार्गनिर्देशको परिचय दिए – यो एक विस्तृत दस्ताबेजले कम्पनीको आधारभूत सिद्धान्त, ऐतिहासिक
अनुभव र भविष्यमुखी रणनीतिहरू समेट्छ। यस संरचनाले भविष्यका वर्षहरूमा बीवाईडीको निरन्तर वृद्धि र इनोभेसनलाई मार्गदर्शन गर्नेछ ।

आगामी योजनामा, बीवाईडीले अटोमोटिभ प्रणालीहरूलाई एकीकृत गर्ने बौद्धिक प्रविधिहरूमा १०० अर्ब युआनको लगानी गर्ने जनाएको छ, जसले बीवाईडीको सम्पूर्ण सवारीसाधन श्रृंखलामा व्यापक सुधार ल्याउनेछ । यो प्रतिबद्धताले बीवाईडीलाई प्राविधिक प्रगति र नवप्रवर्तनमा अग्रणी राख्न सुनिश्चित गर्ने कम्पनीले जनाएको छ, जसले विश्व बजारमा प्रतिस्पर्धी बढ़त कायम राख्नेछ । इन्जिनियरिङ मनोभाव र दिगो विकासप्रतिको प्रतिबद्धतामा बीवाईडी विश्वस्तरीय उच्च प्राविधिक कम्पनीको रूपमा आफ्नो स्थान सुदृढ गर्न तयार रहेको कम्पनीले जनाएको छ ।

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज…