एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादी केन्द्रलाई समर्थन गर्ने

काठमाडौँ - नेकपा एकीकृत समाजवादीले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रलाई समर्थन गर्ने भएको छ ।
बुधबार एकीकृत समाजवादीले विज्ञप्ति जारी गर्दै एसबाट उम्मेदवारी दिएका भानु रिजालको उम्मेदवारी निष्क्रिय बनाएको जानकारी दिएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल आफैंले बुधबार विज्ञप्ति जारी गरी रिजालको उम्मेदवारी निष्क्रिय भएको र माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई सघाउने उल्लेख गरेका छन् । सोही नगरपालिकाको वडा नं. ४ को वडाध्यक्षमा भने नेकपा (एस) की उम्मेदवार रिता खड्काको उम्मेदवारी कायम रहने विज्ञप्तिमा उल्लेख छ ।
तर, उक्त वडामा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिने नारायण विष्टको उम्मेदवारी बारे स्पष्ट भएको छैन ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया