अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने

काठमाडौँ - अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई एन्टी पर्सनल ल्यान्ड माइन उपलब्ध गराउन सहमत भएका छन् ।
बिबिसीका अनुसार यस्ता माइनहरू अमेरिकाले छिट्टै युक्रेनलाई हस्तान्तरण गरिने र युक्रेनको सीमाभित्र प्रयोग हुने अमेरिकाको अपेक्षा रहेको उल्लेख छ ।
अमेरिकी अधिकारीका अनुसार युक्रेन पनि सघन जनसंख्या भएको क्षेत्रमा यस्ता खानी प्रयोग नगर्न प्रतिबद्ध रहेको छ । पछिल्लो केही महिनादेखि युक्रेनको पूर्वतर्फ तीव्र गतिमा अघि बढिरहेको रुसी सेनालाई रोक्न यो निर्णय गरिएको मानिएको छ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्दैछन् । यसभन्दा दुई महिना अगाडि नै वर्तमान अमेरिकी राष्ट्रपतिले युक्रेनलाई अमेरिकी सहयोगमा नयाँ निर्णय लिइरहेका छन् ।
केही दिनअघि मात्रै अमेरिकाले युक्रेनलाई रुसभित्र लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको थियो ।
रुसले मंगलबार युक्रेनले रुसभित्र अमेरिकी लामो दूरीका क्षेप्यास्त्रले आक्रमण गरेको जनाएको छ । रुसले रुस–युक्रेन युद्धमा युक्रेनलाई सहयोग नगर्न पश्चिमी देश र नेटो सदस्य राष्ट्रहरूलाई चेतावनी पनि दिएको छ ।

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ
बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो
चीनमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी दरमा उल्लेखनीय वृद्धि

गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

अफगानिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, चार घाइते

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

प्रतिक्रिया