काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै

झापा - जिल्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदानका लागि तीव्र गतिमा काम भइरहेको छ । मेची बहुमुखी क्याम्पस भद्रपुरको जग्गा २५ वर्षका लागि भाडामा लिएर भद्रपुर क्रिकेट क्लबले खेलमैदान बनाउने कामलाई अगाडि बढाइएको हो ।
क्याम्पस परिसरमा रहेको काँसघारीलाई फाँडेर खेलमैदान सम्याउने काम भइरहेको भद्रपुर नगरपालिका–८ का वडाध्यक्ष मनोज सुब्बाले बताए । उनले यो जिल्लाकै पहिलो र कोशी प्रदेशको दोस्रो क्रिकेट रङ्गशाला हुने बताए । “जिल्लामा अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त क्रिकेट खेलाडी धेरै छन् तर मैदान छैन”, उनले भने, “क्रिकेट खेलप्रति युवाहरुको क्रेज बढिरहेको छ, यसलाई मध्यनजर गरेर यहाँका उद्यमी, व्यवसायी र खेलप्रेमी महानुभावका साथ सहयोग लिएर मैदान धमाधम बनाइरहेका छौँ ।”
उनले खेलमैदान बनाउनका लागि वडाबाट गत वर्ष रु तीन लाख बजेट दिएर काम सुरु गराइएको बताए । उनले चालु आर्थिक वर्षमा समेत रु तीन लाख बजेट सो मैदानका लागि विनियोजन गरिसकेको बताए । हाल वडाको बजेटसहित खेलप्रेमी महानुभावहरुले स्वतस्फूर्त रुपमा दिइएको करिब रु १५ लाख रकमबाट खेलमैदान बनाउने काम भइरहेको छ ।
वडाध्यक्ष सुब्बाले क्रिकेट खेल, प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्दै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ क्याम्पस परिसरमा खेलमैदान निर्माण सुरु गरिएको बताए । रङ्गशाला निर्माणका लागि कति खर्च लाग्छ भन्ने यकिन भइनसकेको उनले बताए । उनका अनुसार कोशी प्रदेश सरकारले समेत चालु आर्थिक वर्षमा रु १५ लाख बजेट रङ्गशाला बनाउन सहयोग गरेको छ । पछिल्लो समय खेलमैदानका लागि क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले समेत चासो राखेको छ ।
क्लब र क्याम्पसबीच १९ बुँदे सम्झौता भएको छ । सम्झौतामा क्रिकेट क्लबका तर्फबाट अध्यक्ष आदित्य पराजुलीले र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख जीवन पोखरेलले हस्ताक्षर गरेका छन् । सो सम्झौतापत्रमा खेलमैदान २५ वर्षको लिज क्लबलाई दिने र क्लबले मैदान प्रयोग गरेबापत क्याम्पसलाई वार्षिक रु ५० हजार प्रदान गरिने उल्लेख छ । उहाँले यो खेलमैदान पर्यटनमैत्री बनाउनका लागि वरिपरि जारकाण्डलगायत फूलजन्य एक सय ५० बोटविरुवासमेत लगाइएको बताए । उनले विगतमा लागुऔषध दुव्यर्सनीहरूको अखेडा भएको स्थानलाई क्रिकेट मैदान बनाउन पाएकामा गौरव लागेको बताए ।
वडाध्यक्ष सुब्बाले खेलमैदान बनाउन सुरु भएसँगै नेपाल भारत मैत्रीसँगका तर्फबाट भारतको पश्चिम विहार गलगलिया र भद्रपुरमा रहेको क्रिकेट टिमबीच खेल खेलाउन भारतीय दूतावासले आग्रह गरेर रु पाँच लाख रकमसमेत विनियोजन गरिसकेको बताए । उनले सो खेलका लागिसमेत तयारी भइरहेको जानकारी दिए ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया