सुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

काठमाडौँ- सुर्योदय वोमी लघुवित्त बित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको हो । लघुवित्तको मङ्सिर ४ गते बसेको २२८औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट उक्त लाभांश प्रस्ताव गरेको जनाएको छ ।
प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस सेयर रहेको छ भने कर प्रयोजन सहितलाई १ प्रतिशत नगद लाभांश रहेको छ । यसअवधिमा लघुवित्तको चुक्तापुंजी १ अर्ब ४ करोड रहेको छ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि कम्पनीले आर्थिक २०७९–८० मा १४.०७७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया