काठमाडौं महानगरले वाउ आयोजना गर्ने

काठमाडौँ - काठमाडौं महानगरपालिकाले सातौं मंसिर ८ र ९ गते काठमाडौंमा वुमेन आफ द वल्र्ड (वाउ) को सातौ सँस्करण आयोजना गर्ने भएको छ ।
महानगरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंको नक्सालस्थित नन्दीकेशर बगैँचामा वुमेन आफ द वर्ल्डको आयोजना गर्न लागेको जनाएको हो ।
लैङ्गिक उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारको विषयमा सम्मेलनले धेरै मानिसलाई एकै ठाउँ ल्याउने अपेक्षा गरिएको महानगरकी उपप्रमुख सुनिता डंगोलले बताइन् ।
उनले महिला बालबालिकाहरूले भोगिरहेका समस्या समाधानका लागि आपसी सिकाई र भोगाइको अनुभव साटासाट गराउने सम्मेलनको उद्देश्य रहेको बताइन् । लैङ्गिक मुद्दालाई सार्वजनिक स्थानबाट उठाउन सम्मेलन उपयुक्त अवसर भएको उनको भनाइ छ ।
महोत्सवमा १० हजार भन्दा बढी व्यक्तिको सहभागिता रहने अपेक्षा महानगरले गरेको छ ।

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

प्रतिक्रिया