शान्तिप्रक्रियाका घटकदलहरूबीच अहिले विश्वासको संकट : सिटौला
काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले शान्तिप्रक्रियाका घटकदलहरुबीच अहिले विश्वासको संकट देखिएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया : विगत र वर्तमान बिषयक अन्तक्रिया कार्यक्रममा सिटौलाले अहिले सवै मिलेर शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्नुपर्ने भएपनि शान्तिप्रक्रियाका घटकदलहरु बीच अहिले विश्वासको संकट देखिएको बताएका हुन् ।
कांग्रेस, एमाले र माओवादीबीचको सम्बन्ध एकले अर्कालाई सहयोग भन्दा पनि प्रयोग गर्ने अवस्थामा समेत रहेको उनले बताए । सिटौलाले शान्तिसम्झौता आजको राजनीतिक अवस्थाको प्रमुख आधार भएकाले शान्तिप्रक्रियाका घटकदलहरुबीच विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिए ।
त्यस्तै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिन ढिलाई भएकाले सवै दल गम्भीर हुनुपर्ने बताए । संक्रमणकालीन न्यायसंगसम्बन्धीत आयोगहरुमा सक्षम व्यक्तिहरु नियुक्त गरेर उजुरीहरुको तथ्यका आधारमा समाधान खोज्ने उनले बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधान संशोधनको चर्चा चलिरहेका बेला संघीयतालाई नै कमजोर पार्ने गरि हुने कामले द्वन्द्व सिर्जना गर्न सक्ने खतरा देखिएको बताए । उनले द्वन्द्व नभई शान्तिलाई सुदृढ गर्दै मुलुकलाई आर्थिक बिकासको बाटोतर्फ अघि बढाउनुपर्ने धारणा राखे ।
उनले विभिन्न आन्दोलनबाट प्राप्त अधिकारलाई समृद्ध बनाउनका लागि सबै दलहरू गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया