नेपाली यू-१९ टिम कर्नाटकासँग पराजित, सिरिज २-२ को बराबरी

काठमाडौं - भारतको कर्नाटकाको यू-१९ टिमले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई पराजित गर्दै जारी सिरिज बराबरी गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा आज कर्नाटकाले नेपाललाई ५ विकेटले पराजित गर्दै सिरिज २-२ को बराबरी गरेको हो ।
नेपालले दिएको १०६ रनको लक्ष्य पछाएको कर्नाटकाले ३७ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिङ गर्दै ३५.२ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो ।
यस सिरिजमा पहिलो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो ।
योसँगै ५ खेलको सिरिजमा नेपाल २-२ ले बराबरी भएको । अब सिरिजको पाँचौं तथा अन्तिम खेल बिहीबार हुने छ ।
नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू-१९ एसिया कपको तयारीको रुपमा यो सिरिज खेलिरहेको छ ।
एसिया कपमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोस्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेस्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया