अब कतारमा नयाँ कामदार पनि जान पाउने

काठमाडौं : नौ महिनापछि वैदेशिक रोजगारीका लागि कतारमा नयाँ कामदार जान पाउने भएका छन् । कोभिड-१९ को कारण गत फागुनदेखि कतारमा नयाँ कामदार जाने कार्य बन्द छ । कतार मात्र होइन अन्य खाडी मुलुकमा पनि नयाँ कामदार जान पाएका छैनन् । उनीहरुको माग नै आएको छैन ।
त्यसको प्रक्रिया कतारमा मात्र होइन अन्य मुलुकमा पनि अघि बढेको छ । विस्तारै नयाँ कामदारको प्रक्रिया अघि बढ्दै श्रमिकको लागि खाडी खुला हुने क्रममा छ । दोहास्थित नेपाली दूतावासले नयाँ कामदारको मागपत्र प्रमाणिकरण सुरु गरेसँगै नेपाली कामदार कतार जाने प्रक्रिया अघि बढेको हो । कतारले नेपाली कामदारलाई कोभिडको बीचमा आफ्नै नागरिक सरह सुविधा दिएको समेत बताउँदै आएको दावी गरेको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले दूतावासबाट मागपत्र प्रमाणित हुन थालेको जानकारी दिएका हुन । गत फागुन २९ देखि वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया बन्द छ । नेपाली दूतावासले समेत माग पत्र प्रमाणिकरण गर्न छाडेपछि कतारबाट कामदारको माग आउन सकेको थिएन । कतार स्थित कम्पनीले नेपाली श्रमिक माग गर्दा दूतावासमा सबै जानकारी सहित निवेदन दिनुपर्छ ।
दूतावासले कम्पनीको अवस्था, श्रमिकका लागि आधारभूत व्यवस्था लगायतको अनुगमन गरेर मागपत्र स्वीकृत गर्ने/नगर्ने निर्णय गर्छ । यद्यपि यो विषयमा दूतावास पक्षपाती देखिएको भनिदै आएको छ । दूतावासको अनुमतिपछि मात्रै श्रमिक भर्ना गर्नका लागि वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति दिन्छ । विभागबाट स्वीकृति लिएपछि म्यानपावर कम्पनीले कामदार भर्तीको प्रक्रिया सुरु गर्न पाउँछन् ।
अब म्यानपावर कम्पनीले कतारबाट श्रमिकको माग ल्याएर नयाँ श्रमिक पठाउन सक्ने भएका छन । यसअघि वैदेशिक रोजगारी खुल्ला भएपनि नयाँ श्रमिक कतार जान पाएका थिएनन् । तर, विदामा आएका, महामारीको डरले नेपाल फर्किएका र नयाँ श्रमस्विकृत लिन नपर्नेहरु काममा फर्केका थिए । त्यो कार्य साउदी अरेविया र अन्य खाडी मुलुकले पनि अघि बढाएका छन । म्यानपावर कम्पनीहरु यसमा जानकार रहेको र नयाँ मागपत्रको लागि सक्रिय बनेको पनि दूतावास अधिकारीले जानकारी दिए ।

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_Pi79PEkbCk_zaimcrfycqxnuucpanejfo8b0ogjsadbxefetzvkq41cwhhmhhds7nhnzu4v.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी सहभागी हुने, वैशाख २७ गते रुम्झाटा…

जन्ती पुर्याएर फर्किएको बस त्रियुगाको बाढीले बगायो

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

प्रतिक्रिया